२०२६ फिफा विश्वकप : पहिलो पटक ४८ टिमको सहभागिता, १६ मैदानमा हुने
काठमाडौँ– पहिलो पटक ४८ टिमको सहभागिता रहने फिफा फुटबल विश्वकप २०२६ विभिन्न ३ देशमा आयोजना हुनेछ । खेल भने १६ स्टेडियममा हुने छ । जसमध्ये सबै भन्दा धेरै अमेरिकाको ११ सहरमा हुनेछ भने मेक्सिकोको ३ तथा क्यानाडाको २ स्टेडियममा हुनेछ ।
विश्वकपको इतिहासमै पहिलो पटक तीन देशमा विश्वकप आयोजना हुन लागेको हो । मेक्सिकोको अज्टेका स्टेडियमले भने तीन पटक विश्वकपको खेल आयोजना गर्ने छ ।
अमेरिकाको चर्चित स्टेडियम मेटलाइफ र सोफीले विश्वकपको फाइनल आयोजना गर्ने दाबेदारी गरिरहँदा फिफाले भने छलफलपछि मात्र फाइनल खेलका लागि स्टेडियमको टुंगो लगाउने जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया