लिभरपुलले मानेलाई बेच्दै
काठमाडौँ – इंग्लिस क्लब लिभरपुलले आफ्ना फरवार्ड साडियो मानेलाई बुन्डेसलिगा च्याम्पियन वायर्न म्युनिखलाई बेच्ने सम्झौता गरेको छ । बीबीसीले जनाए अनुसार लिभरपुलले मानेलाई जर्मन क्लब वायर्नलाई ४१ मिलियन युरोमा बेच्ने सम्झौता गरेको हो ।
लिभरपुलले सुरुवातमा ३२ मिलियन युरो प्राप्त गर्ने तथा त्यसपछि ६ मिलियन युरो उसको खेल तथा ३ मिलियन युरो व्यक्तिगत तथा टिमको सफलताका आधारमा प्राप्त गर्ने बताइएको छ ।
यस अघि ३० वर्षिय सेनेगलका खेलाडी मानेका लागि लिभरपुल र वायर्नबीच दुई पटक सम्झौता हुन सकेको थिएन् ।
मानेले सन् २०१६ मा साउथ्याम्पटनबाट लिभरपुल आएका थिए र उनको सम्झौता अर्को वर्षसम्म रहेको छ । उनले लिभरपुलका लागि इंग्लिस प्रिमियर लिगमा ९० गोल गरेका छन् तथा गत वर्ष नै उनले सबै प्रतियोगितामा गरी २३ गोल गरेका थिए ।
लिभरपुलले उरुग्वेका फरवार्ड डार्विन नुनेजलाई भित्र्याएपछि मानेलाई वायर्नमा पठाउन लागेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया