युरो तथा एफकोनका दौरान फुटबल खेलाडीमाथि दुर्व्यवहार भएको खुलासा
काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले युरोपियन च्याम्पियनसीप तथा अफ्रिका कप अफ नेसन्स (एफकोन) का क्रममा खेलाडीहरुमाथि दुर्व्यवहार भएको खुलासा गरेको छ । फिफाले प्रकाशित गरेको प्रतिवेदनमा गत वर्षको युरोपियन च्याम्पियनसीप र अफ्रिका कप अफ नेसन्सको फाइनलका क्रममा आधाभन्दा बढी खेलाडीहरूमाथि अनलाइनमार्फत कुनै न कुनै प्रकारको भेदभावपूर्ण दुर्व्यवहार भएको खुलासा गरेको रोयटर्सले जनाएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा ती दुई प्रतियोगितको सेमिफाइनल र फाइनल खेलका क्रममा समाजिक सञ्जालमा राखिएका ४ लाख भन्दा बढी टिप्पणी (पोस्ट) को अध्ययन गरिएको थियो । दुर्व्यवहार गरिएमध्ये समलैङगिक (४० प्रतिशत) र जातिवादी (३८ प्रतिशत) सँग बढी सम्बन्धित रहेको स्वतन्त्र रुपमा प्रकाशित प्रतिवेदनले उल्लेख गरेको छ ।
प्रतिवेदनका अनुसार अधिकांश दुर्व्यवहार खेलाडीको देशबाटै खेल अगावै, खेल भइरहेको समय तथा खेलपश्चात गरिएको थियो । इंग्ल्यान्डका अश्वेत खेलाडी मार्कस रासफोर्ड, जाडोन सान्चो र बुकायो साकाले पेनाल्टीमार्फत जुलाई ११ मा इटालीविरुद्ध गोल गर्न नसकेपछि अनलाइनमार्फत सबैभन्दा बढी दुर्व्यवहार गरिएको थियो ।
यता अफ्रिका कप अफ नेसन्सका क्रममा इजिप्टका खेलाडीमाथि सबैभन्दा बढी दुर्व्यवहार भएको प्रतिवेदनमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया