फुटबल

हेमजा गोल्डकप : कालिकालाई हराउँदै चर्च ब्वाइज सेमीमा

इकागज |
असार ५, २०७९ आइतबार १९:० बजे

पोखरा - पोखरामा जारी छैटौं हेमजा गोल्डकप अन्तर्गत आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज यूनाइटेड फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

चर्च ब्वाइजले कालिका स्पोर्टस एकेडेमीलाई १-० गोल अन्तरले पराजित गरेको हो । चर्च ब्वाइजका लागि खेलको ५३ औं मिनेटमा आशिष चौधरीले गरेको गोल नै निर्णायक बन्यो । खेलमा चौधरी नै म्यान अफ दि म्याच हुँदै ५ हजार रूपैयाँ  प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबारको खेल खुमलटार युथ क्लब र बाग्मती युथ क्लबबीच हुनेछ ।


पोखरा २५ हेमजाको गौरी शंकर खेल मैदानमा सुरू भएको ‘छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप-२०७९’ असार ११ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा विभागीय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकी टिम क्यामरुन, खुमलटार, कालिका स्पोर्ट्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेडको सहभागिता रहने ईन्द्रबहादुर कुवँरले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ६ लाख रूपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ३ लाख रूपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रूपैयाँको साथमा ट्रफि प्राप्त गर्ने छन् ।

सर्वाधिक गोलकर्ताले २५ हजार रूपैयाँ तथा उत्कृष्ट डिफेन्डर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०/२० हजार रूपैयाँ प्राप्त गर्ने छन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । हेम्जामा क्लबले फुटबल एकेडेमी संचालनार्थ प्रतियोगिता आयोजना गरेको हो ।


Author

थप समाचार
x