रुसी क्लबसँग सम्झौता गरेपछि मासिएजले विश्वकप खेल्न नपाउने
काठमाडौँ – रुसी क्लबसँग सम्झौता गरेको भन्दै पोल्यान्डले डिफेन्डर मासिएज रायबसलाई कतारमा हुने फिफा फुटबल विश्वकपका लागि टिममा स्थान नदिने भएको छ । मासिएजले रुसी क्लब स्पार्टाक मस्कोसँग नयाँ सम्झौता गरेका हुन् । यस अघि उनी रुसी क्लब लोकामोटिभ मस्कोमा ५ वर्ष विताएका थिए ।
रुसी क्लबसँग सम्झौता गरेका कारण मासिएजलाई टिममा नराखिने पोल्यान्डको फुटबल संघले जनाएको छ । मासिएजले पोल्यान्डका लागि ६६ खेल खेलेका छन् ।
रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेदेखि पोल्यान्डले युक्रेनलाई सबैभन्दा धेरै आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि पोल्यान्डले रुसविरुद्ध विश्वकप छनोट अन्तर्गतको प्लेअफ खेल्न अस्विकार गरेको थियो । जसका कारण फिफाले पोल्यान्डलाई ‘बाई’ दिएको थियो र त्यसपछि पोल्यान्डले स्विडेनलाई पराजित गर्दै विश्वकपका लागि छनोट भएको थियो ।
नोभेम्बर २१ बाट कतारमा सुरु हुने विश्वकपमा पोल्यान्डले समूह चरणमा अर्जेन्टिना, साउदी अरेविया र मेक्सिकोविरुद्ध खेल्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया