पहिलो खेलमा एनआरटीको फराकिलो हार
काठमाडौँ- टुवाङ याङ टेरुत (टिवाइटी) प्रतियोगिताको लागि मलेसियामा रहेको नेपालको सहिद स्मारक ‘ए’ डिभिजन टिम न्युरोड टिम (एनआरटी) ले पहिलो खेलमा इन्डोनेसियाको कारो युनाइटेड एफसीसँग ५-१ को फराकिलो हार बेहोरेको छ ।
बिहीबार मलेसियाको पेनाङमा भएको खेलमा दोस्रो डिभिजनको कारोलाई जित दिलाउन गिलाङ प्रमुड्याले दुई गोल गर्दा फरेल अक्बर अलेसान्ड्रो, कार्डिनाटा तारिगन र मौलाना खालिदीले समान एक गोल गरे ।
पहिलो हाफमै चार गोल बेहोरेको एनआरटीले दोस्रो हाफमा थप एक गोल खाँदा एक गोल फर्काएका थियो । एनआरटीका लागि विदेशी खेलाडी मेसुके ओलौमोउले एक गोल फर्काएका थिए ।
एनआरटीले अब २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्नेछ। एनआरटी ‘ए’ डिभिजन लिगको तयारीका लागि प्रि सिजन भ्रमण गएको हो । गत सिजन एनआरटी लिगमा तेस्रो भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया