इंग्ल्यान्डका मिडफिल्डर ज्याकद्वारा सन्न्यास घोषणा
काठमाडौँ – इंग्ल्यान्ड र आर्सनलका पूर्व मिडफिल्डर ज्याक विलशेरले व्यावसायिक फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । ज्याकले ३० वर्षकै उमेरमा फुटबलबाट सन्न्यास लिएका हुन् ।
सन् २००८ मा आर्सनलका लागि डेब्यु गर्दा उनी क्लब इतिहासकै सबै भन्दा कान्छा खेलाडी बनेका थिए । ज्याकले १६ वर्ष र २ सय ५६ दिनमा आर्सनलका लागि डेब्यु गरेका थिए ।
ज्याकले सन् २०१४ र २०१५ मा आर्सनललाई एफए कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले पछि बर्नमाउथ र वेस्टह्यामका लागि समेत खेले ।
ज्याकले सन् २०१० मा इंग्ल्यान्डका लागि डेब्यु गरेका थिए । सन् २०१४ को विश्वकप तथा २०१६ को युरोका लागि इंग्ल्यान्डको टिममा रहेका उनले राष्ट्रिय टोलीबाट ३४ खेल खेलेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया