फुटबल

एनएसएलका लागि नयाँ सम्झौता हुने

इकागज |
असार २६, २०७९ आइतबार १०:३१ बजे

काठमाडौँ – फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टबीच नयाँ सम्झौता हुने भएको छ । एन्फाका उपाध्यक्ष दावा लामाले नयाँ सम्झौता अनुसार एनएसएल अघि बढ्ने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

गत शुक्रबार एन्फा तथा एनएसएललाई लिएर असन्तुष्ट बनेका चार ‘ए’ डिभिजन क्लबका पदाधिकारीबीच भएको बैठकका क्रममा एनएसएलका लागि भएका सम्झौता रद्ध गर्ने निर्णय भएको थियो । 


सम्झौतापत्रमा धेरै त्रृटिहरु भएका कारण सम्झौतापत्र रद्ध गर्ने निर्णय भएको बैठकमा सहभागी भएका थ्रीस्टार क्लबका महासचिव सञ्जिब सिल्पकारले बताएका थिए ।

तर उपाध्यक्ष लामाले प्रतियोगिता रद्ध नभएको स्पष्ट पार्दै पुरानो सम्झौतामा केही कमीकजोरी रहेको तथा एनएसएल  आयोजक र एन्फा दुबै पक्षको पछिल्लो छलफलबाट विगतमा भएको सम्झौताको पुनरालोकन गरी नयाँ तरिकाले अघि बढाउने सहमति भएको जनाए । 

उनले नयाँ सम्झौताका लागि आन्तरिक रुपमा काम भइरहेको तथा छिट्टै नयाँ सम्झौता सहित एनएसएल अघि बढ्ने जानकारी गराए । 
 


Author

थप समाचार
x