सिटीका विंगर रहिम चेल्सी जाने
काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले म्यानचेस्टर सिटीका विंगर तथा मिडफिल्डर रहिम स्टरलिङलाई भित्र्याउने भएको छ । यसका लागि चेल्सी र सिटीबीच ५० मिलियन पाउन्डमा सम्झौता भएको बीबीसीले उल्लेख गरेको छ ।
रहिम पाँच वर्षका लागि चेल्सी आउन लागेका हुन् । २७ वर्षीय इंग्ल्यान्डका विंगर रहिम र सिटीबीच अझै एक वर्षको सम्झौता बाँकी रहेको छ । चेल्सीले प्रि-सिजनका लागि अमेरिकाको भ्रमण गर्नुअघि नै सम्झौताको टुंगो लाग्ने अपेक्षा गरिएको छ ।
सिटीले सन् २०१५ मा रहिमलाई लिभरपुलबाट ४९ मिलियन पाउन्डमा भित्र्याएका थिए । उनले सिटीका लागि ३ सय ३९ खेल खेल्दै १ सय ३१ गोल गरेका छन् ।
रहिमले इंगल्यान्डका लागि ७७ खेल खेलेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया