चेल्सीले भित्र्यायो सेनेगलका कालिडोउ
काठमाडौँ – इंग्लिस फुटबल क्लब चेल्सीले सेनेगलका सेन्टर-ब्याक कालिडोउ कोउलीबालीलाई भित्र्याएको छ । चेल्सीले कालिडोउलाई इटालीको सिरि ए टिम नापोलीबाट भित्र्याएको हो ।
चेल्सीले उनलाई चार वर्षका लागि भित्र्याएको बीबीसीले जनाएको छ । ३१ वर्षीय कालिडोउ सन् २०१४ मा गेन्कबाट नापोली गएका थिए । उनले नापोलीका लागि ३ सय १७ खेल खेलेका थिए ।
आफ्ना डिफेन्डर एन्टोनियो रुडिगेज रियल म्याड्रिड तथा एन्ड्रियास क्रिस्टेनसेन बार्सिलोना गएपछि चेल्सीले कालिडोउलाई भित्र्याएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया