को हुन् फिफा विश्वकप २०२२ खेलाउने तीन महिला रेफ्री ?
काठमाडौँ – राम्रो रेफ्रीको चिन्ह भनेको उनीहरुको क्रियाकलापमाथि तिम्रो आँखा नजानु हो । तर कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने फिफा विश्वकप अफिसियल र रेफ्रीका लागि धेरै हिसाबले उल्लेखनीय रहनेछ ।
९२ वर्षे इतिहासमा पहिलो पटक तीन महिला रेफ्रीले विश्वकपका खेलहरु खेलाउने विषय निकै चर्चित बनेको युरोस्पोर्टसको फुटबल नाउ लेख्छ । विश्वकप खेलाउने तीनजना महिला रेफ्री विभिन्न तीन महादेशका हुन् ।
फ्रान्सेली नागरिक स्टेफानी फ्रापार्ट
विश्वकप खेलाउँदा स्टेफानीको उमेर ३९ वर्षको हुनेछ । उनी सन् २०१४ मा फ्रेन्च लिग २ खेलाउने पहिलो महिला रेफ्री बनिन् भने उनले सन् २०१५ मा फिफा महिला विश्वकप खेलाएकी थिइन् ।
उनले सन् २०१९ मा युएइए सुपर कपको चेल्सी र लिभरपुलबीचको फाइनल, सन् २०१९ मै महिला विश्वकपको अमेरिका र नेदरल्यान्ड्सबीचको फाइनल तथा सन् २०२० मा च्याम्पियन्स लिगमा युभेन्टस र डाइनामो किभबीचको खेल खेलाएकी थिइन् ।
जापानी नागरिक योसिमी यामासिटा
विश्वकप खेलाउने समयमा योसिमी ३६ वर्षकी हुनेछिन् । योसिमाले सन् २०१९ मा एएफसी एसिया कपमा अफिसियल तथा सन् २०१९ को फिफा महिला विश्वकपमा रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् ।
उनी सन् २०१९ मै जापानी लिगमा अफिसियल बन्ने पहिलो महिला रेफ्री बनेकी थिइन् । सन् २०२१ को ओलम्पिकमा रेफ्रीको भूमिका निर्वाह गरेकी योसिमा सन् २०२२ मा एएफसी च्याम्पियन्स लिग खेलाउने पहिलो महिला बनिन् ।
रुवान्डाकी सलिमा मुकानसाङ्गा
विश्वकपका दौरान सलिमा ३४ वर्ष पुग्नेछिन् । सलिमाले सन् २०१६ मा अफ्रिका महिला कप अफ नेसन्समा रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् भने सन् २०१७ मा विश्वकै उच्च स्थान माउन्ट किलिमान्जारोमा भएको खेलका लागि अफिसियलको भूमिकामा रहेकी थिइन् ।
सन् २०२१ मा ओलम्पिकमा रेफ्री बनेकी सलिमा सन् २०२२ मा पुरुषको अफ्रिका कप अफ नेसन्सका खेल खेलाउँदा उनी पुरुषको उक्त प्रतियोगिता खेलाउने पहिलो महिला बनेकी थिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया