एउटालाई समात्नुपर्ने प्रहरीले अर्कैलाई समातेपछि....
काठमाडौँ – चेल्सीबाट लोनमा इटालियन क्लब एसी मिलान पुगेका मिडफिल्डर टाइमोउ बाकायोको डरलाग्दो तरिकाले गाडी चलाएको आरोपमा मिलानमा पक्राउ परे । मिलान सुरक्षाकर्मीले उनलाई बन्दुक नै तेर्स्याएर पक्राउ गरेको आईएएनएस न्यूजले जनाएको छ ।
प्रहरीले अन्य अरु कुनै व्यक्तिलाई पक्राउ गर्नुपर्ने भएपनि सोही व्यक्ति ठानेर बाकायोकोलाई पक्राउन गरेका थिए ।
इटालीको सहरमा साथीसँगै गाडी चलाइरहेका फ्रान्सेली मिडफिल्डर बाकायोकोलाई प्रहरीले गाडी रोक्नुका साथै खानतलासी गरेका थिए । २७ वर्षीय बाकायोकोलाई सुरक्षाकर्मीले बन्दुक तेर्स्याउदै पक्राउ गरेका थिए ।
तर प्रहरीले पछि गतल व्यक्तिलाई पक्राउ गरिएको थाहा पाएपछि बाकायोकोलाई छाडेका थिए । घटना जुलाईको भएपनि इटालीका खेल पत्रकार टानक्रेडी पाल्मेरीले उक्त घटनाको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा राखेपछि बाहिर आएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया