फुटबल

डिफेन्डर कमलले भारतको गोर्खा एफसीबाट खेल्ने

इकागज |
साउन ३, २०७९ मंगलबार १२:४० बजे

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर कमल श्रेष्ठले भारतको अरुणाचल प्रदेशको गोर्खा एफसीका लागि खेल्ने भएका छन् । अरुणाचल प्रदेशमा हुने इन्डिपेन्डेन्स कप फुटबल प्रतियोगिताका लागि गोर्खा एफसीसँग सम्झौता भएको श्रेष्ठले बताए । 

श्रेष्ठका अनुसार गोर्खा एफसीसँग एक महिनाको सम्झौता भएको हो । तर उनले पारश्रमिक भने खुलाउन चाहेनन ।


गत सिजनको सहिद स्मारक ए डिभिजन फुटबल लिग च्यासल युथ क्लबबाट खेलेपनि मोफसलका लागि श्रेष्ठले पुरानै क्लब मनाङ मर्स्याङ्गदी पुगेका थिए ।   

पछिल्लो समय नेपालमा फुटबलका गतिविध शून्यजस्तै छ । सहिद स्मारक ए डिभिजन लिगको कहिले हुने भन्ने टुंगो लागेको छैन् भने मोफसलका प्रतियोगिताहरु पनि सम्पन्न भइसकेका छन् । जसका कारण व्यावसायीक खेलाडीहरु अहिले अवसर पाएका छैनन । 

यता दोस्रो संस्करणको नेपाल सुपर लिग पनि विभिन्न खाले विवादका कारण अन्योलमा छ । दोस्रो संस्करणको नेपाल सुपर लिगका लागि झाफा एफसीले श्रेष्ठलाई खरिद गरेको थियो । 
 


Author

थप समाचार
x