फुटबल

मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्टसको बराबरी

इकागज |
साउन ११, २०७९ बुधबार १२:२१ बजे

काठमाडौँ – प्रि-सिजन मैत्रीपूर्ण फुटबल खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालीको युभेन्ट्सले बराबरी खेलेका छन् । अमेरिकाको टेक्ससमा बुधबार विहान भएको मैत्रीपूर्ण खेलमा ला लिग क्लब बार्सिलोना र सिरि ए क्लब युभेन्ट्स २-२ गोलको बराबरी खेलेका हुन् ।

बार्सिलोनाका लागि दुबै गोल ओसमाने डेम्बेले तथा युभेन्टसका लागि मोइस किनले दुवै गोल गरे ।


डेम्बेलेले ३४ औँ मिनेटमा गरेको गोलसँगै बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । तर किनले ३९ औँ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।

त्यसको एक मिनेटपछि ४० औँ मिनेटमा डेम्बेलेले दोस्रो गोल गरेपछि बार्सिलोना पुनः खेलमा फर्किएको थियो । तर ५१ औँ मिनेटमा युभेन्ट्सका किनले गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।


Author

थप समाचार
x