रोनाल्डोले रायो भालेकानोविरुद्धको मैत्रीपूर्ण फुटबल खेल्ने
काठमाडौँ – क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड र रायो भालेकानोबीच आइतबार हुने मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । इंग्लिस क्लब युनाइटेड र स्पेनिस फुटबल क्लबबीच ओल्ड ट्राफोर्डमा मैत्रीपूर्ण खेल हुँदैछ ।
सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत पोर्चुगिज फरवार्ड रोनाल्डोले ला लिगा क्लबविरुद्ध आइतबार हुने मैत्रीपूर्ण फुटबल खेल्ने संकेत गरेको बीबीसीले जनाएको छ ।
युनाइटेड छोड्ने मनसायमा रहेका ३७ वर्षीय रोनाल्डोले प्रि-सिजन अन्तर्गत थाइल्यान्ड र अष्ट्रेलियाको भ्रमण गरेका थिएनन भने ओस्लोमा एटलेटिको म्याड्रिडविरुद्धको मैत्रीपूर्ण खेल पनि गुमाएका थिए ।
युनाइटेडले एटलेटिको म्याड्रिडविरुद्ध नखेलेका खेलाडीलाई भालेकोनोविरुद्धको खेलमा खेलाइने जनाएको छ ।
गत आइतबार नै रोनाल्डोले क्लबका मुख्य प्रशिक्षक एरिक टेन हागसँग भेटेर पुनः क्लब छाड्ने मनसाय व्यक्त गरेको बताइएको छ । तर हागले यसअघि नै रोनाल्डो विक्रीमा नरहेको स्पष्ट पारेका थिए ।
गत सिजन युनाइडेट आएका रोनाल्डोले क्बलमै रहे पहिलो पटक च्याम्पियन्स लिग खेल्न नपाउने भएका छन् । गत सिजन युनाइटेडले इंग्लिस प्रिमियर लिगमा छैटौं भएपछि उसले च्याम्पियन्स लिग खेल्न नपाउने भएको हो । अब युनाइटेडले युरोपा लिग खेल्ने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया