‘खेलाडी ट्रान्सफरले क्लबको आर्थिक स्थायित्वमा सहयोग गर्छ’
काठमाडौँ– इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गुआर्डियोलाले खेलाडीको ट्रान्सफरबाट भएको आम्दानीले क्लबको आर्थिक स्थायित्वमा सहयोग गरेको बताएका छन् ।
गाब्रियल जेसस, ओलेकजान्डर जिनचेन्को र रहिम स्टेरलिङको ट्रान्सफरका कारण आफू दु:खी भएपनि उनीहरुको ट्रान्सफरका कारण हुने आम्दानीले क्लबलाई आर्थिक रूपमा स्थायित्व प्रदान गरेको गुआर्डियोलाले बताएको रोयटर्सले जनाएको छ ।
प्रिमियर लिग च्याम्पियन सिटीले जेससलाई ४५ मिलियन पाउन्ड तथा जिनचेन्कोलाई ३० मिलियन पाउन्डमा आर्सनललाई बेचेको थियो । त्यसैगरी, स्टेरलिङलाई ५० मिलियन पाउन्डमा चेल्सीलाई बेचेको थियो ।
विगतमा खेलाडीका लागि सर्वाधिक खर्च गर्ने क्लबको रूपमा रहेको सिटीले युईएफएको फाइनान्सियल फेयर प्ले कानुनलाई समेत मिचेका कारण पनि उसले खेलाडीमाथि गरिने खर्चलाई कम गर्न खोजेको हो ।
उनले खेलाडीलाई अन्त पठाउँदा दु:खी भएपनि यो व्यवसाय भएको तथा खेलाडीलाई बिक्री नगरे क्लब आर्थिक रूपमा सबल नहुने बताए ।
सिटीले यस सिजनको प्रिमियर लिग अगस्ट ७ मा वेस्ट ह्याम युनाइटेडविरुद्ध खेल्दै सुरुवात गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया