फुटबल

वायर्न म्युनिखलाई जर्मन सुपर कपको उपाधि

इकागज |
साउन १५, २०७९ आइतबार १०:५६ बजे

काठमाडौँ – वायर्न म्युनिखले जर्मन सुपर कप फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको खेलमा म्युनिखले लेपजिगलाई ५-३ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

म्युनिखलाई उपाधि दिलाउन जमाल मुसियाला, साडियो माने, बेन्जामिन पाभार्ड, सर्जे नाब्री र लेरोय सानेले एक-एक गोल गरे । लेपजिगका लागि मार्सेलो हाल्सेनवर्ग, क्रिस्टोफर कुन्कु र डानी ओल्मोले एक-एक गोल फर्काए ।


खेलको १४ औँ मिनेटमा जमाल, ३१ औँ मिनेटमा माने तथा ४५ औँ मिनेटमा पाभार्डको गोलसँगै म्युनिखले ३-० को अग्रता लिएको थियो ।

तर लिपजिगका मार्सेलोले ५९औँ मिनेटमा गोल गरेपछि खेल ३-१ को अवस्थामा पुगेको थियो । म्युनिखका नाब्रीले ६५औँ मिनेटमा गोल गर्दै पुनः ३ क्लबलाई तीन गोलको अग्रता दिलाएका थिए ।

तर लिपजिगका कुन्कुले ७७ औँ मिनेटमा पेनाल्टीमार्फत तथा ओल्मोले ८९ मिनेटमा गोल गरेपछि म्युनिख ४-३ को अवस्थामा पुगेपनि सानेले इन्जुरी समयमा गोल गरेपछि म्युनिखले उपाधि चुम्यो ।


Author

थप समाचार
x