फुटबल

साफ यू-२० च्याम्पियनसिप

भारतसँग नेपाल ८-० ले पराजित

इकागज |
साउन १५, २०७९ आइतबार २१:२८ बजे

काठमाडौँ- साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलमा नेपाल भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएको छ ।

यसअघि माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल यसपटक भने भारतविरुद्ध फराकिलो अन्तरले पराजित भएको हाे । यस हारले फाइनल पुग्ने नेपालको लक्ष्यमा झड्का लागेको छ । तीन खेलबाट नेपालको ६ अंक छ । उति नै खेलबाट ६ अंक जोडेको भारत हेड टु हेड र गोल अन्तर दुवैमा नेपालभन्दा अघि छ र दोस्रो स्थानमा छ । बंगलादेश सबै तीन खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा छ ।


अब नेपालले फाइनल पुग्न अन्तिम खेलमा बंगलादेशलाई हराउनै पर्नेछ भने अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित हुनुपर्नेछ वा बराबरीमा रोकिनुपर्नेछ ।


Author

थप समाचार
x