फुटबल

इंग्ल्यान्डले जित्‍यो पहिलो पटक महिला युरोकप

इकागज |
साउन १६, २०७९ सोमबार ८:५२ बजे

काठमाडौँ- जर्मनीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै आयोजक इंग्ल्यान्डले पहिलो पटक महिला युरोकप २०२२ को उपाधि जित्न सफल भएको छ । आइतबार राति बेम्बलीमा रंगशालामा भएको फाइनलमा इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले एक एक गोल गरिन् । जर्मनीका लिना मागुलले सान्त्वना गोल गरिन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा दुबै टोलीले एक एक गोल गरेका थिए । यसपछी खेल अतिरिक्त समयमा पुगेको थियो । 


खेलको ६२औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलान् । ७९ औं मिनेटमा जर्मनीकी लिनाले खेल १-१ गोलको बराबरीमा ल्याईन् ।  अतिरिक्त समयमा (११० मिनेट) इंग्ल्यान्डकी केलीले विजयी गोल गरिन् ।

यो संगै इंग्ल्यान्डले पहिलो पटक महिला युरो कपको उपाधि  जितेको छ ।


Author

थप समाचार
x