बंगलादेशविरुद्ध जित हात पार्न नसके फुटबल नै छाड्छुः मेघराज केसी
काठमाडौँ- नेपाली यू-२० का मुख्य प्रशिक्षक मेघराज केसीले भारतमा जारी साफ यू-२० च्याम्पियनसीप अन्तर्गत बंगलादेशविरुद्ध जित हात नपारे आफूले फुटबल खेल जीवन नै त्याग्ने बताएका छन् ।
च्याम्पियनसीपअन्तर्गत आइतबार राति महत्वपूर्ण खेलमा आयोजक टोली भारतसँग ८-० को लज्जास्पद हारपछि मुख्य प्रशिक्षक केसीले सामाजिक सञ्जाल फेसबुकमा बंगलादेशविरुद्ध पुनरागमन जित हात नपारे फुटबल क्यारियर छाड्ने लेखेका हुन् ।
उनले भारतविरुद्धको पराजयपछि आफूसँग दुई दिनको समय रहेको बताउँदै बंगलादेशविरुद्धको खेल जित हात नपारे आफूले फुटबल नै छाड्ने उल्लेख गरे ।
नेपालले मंगलबार बंगलादेशविरुद्ध खेल्दैछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया