साफ यू-२०: बंगलादेशसँग बराबरी खेल्दा नेपालको फाइनल सम्भावना कायमै
काठमाडौँ– भारतमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशसँग बराबरी खेलेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा दुबै टोली १०-१० खेलाडीमा सीमित भएको खेलमा नेपाल र बंगलादेशले १-१ को बराबरी खेले ।
बराबरीसँगै बंगलादेश १० अंकसहित फाइनल प्रवेश गरेको छ भने नेपालको फाइनल प्रवेश गर्ने सम्भावना कायमै रहेको छ । नेपालले चार खेलबाट ७ अंक जोडेको छ । तर नेपाल फाइनलमा पुग्न भारत माल्दिभ्ससँग पराजित हुनुपर्नेछ । भारतले दुई जितबाट ६ अंक जोडेको छ ।
नेपाल र बंगलादेशबीचको खेलका क्रममा मैदानमा विवाद तथा हात हालाहाल गरेपछि बंगलादेशका सहिदुल इस्लाम तथा नेपालका दिपेश गुरुङले रातो कार्ड पाएका थिए । बेन्चमा रहेका नेपाली खेलाडी रोहित सुब्बाले समेत रातो कार्ड पाए ।
बंगलादेशका लागि मोहमद पियास अहमद नोभाले ६३ औँ मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।
तर ६८ औँ मिनेटमा निरन्जन मल्लले नेपालका लागि गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया