फुटबल

कतार विश्वकपबाट हुने आम्दानी च्यारिटीलाई दिने क्यानाडाका डेभिजको घोषणा

इकागज |
साउन १८, २०७९ बुधबार १५:५७ बजे

काठमाडौँ – क्यानाडाका डिफेन्डर अल्फोन्सो डेभिजले कतारमा हुने २०२२ फिफा विश्वकपबाट हुने आम्दानी ‘च्यारिटी’ लाई दान गर्ने घोषणा गरेका छन् । बायर्न म्युनिखका डिफेन्डर समेत रहेका २१ वर्षीय डेभिजले सामाजिक सञ्जाल ट्वीटरमा विश्वकपबाट आम्दानी हुने रकम च्यारिटीलाई दान दिने घोषणा गरेको रोयटर्सले जनाएको छ ।

घानामा रहेको शरणार्थी शिविरमा लाइबेरियन दम्पतीबाट जन्म लिएका डेभिज पाँच वर्षपछि क्यानाडा पुगेका थिए । उनले त्यसको बलदामा केही सहयोग गर्ने घोषणा गरेका हुन् ।


डेभिजले क्यानाडाले आफू र आफ्ना परिवारलाई राम्रो जीवनका लागि अवसर प्रदान गरेको तथा आफ्ना सपना पुरा गर्ने अवसर प्रदान गरेको बताए । उनले क्यानाडाका लागि खेल्न पाउनु ठूलो कुरा भएको बताउँदै शर्णार्थीका लागि सहयोग गर्ने जनाए ।

युनाइटेड नेसन्स हाई कमिसनर फर रेफ्यूजीको गुडविल एम्बेसडर समेत रहेका डेभिजले आफ्नो स्थल छाडेर भाग्नुपर्नेहरुले भोग्ने कष्टका आफूलाई थाहा भएको समेत उल्लेख गरे ।

विश्वकप अन्तर्गत समुह ‘एफ’ मा रहेको क्यानाडाले पहिलो खेल नोभेम्बर २३ मा बेल्जियमविरुद्ध खेल्नेछ । यस समूहमा क्रोयसिया र मोरक्को पनि रहेका छन् ।


Author

थप समाचार
x