फुटबल

यु २० टिम स्वदेश फर्कियो

इकागज |
साउन १९, २०७९ बिहीबार १९:५० बजे

काठमाडौँ- नेपाली राष्ट्रिय यु २० पुरुष फुटबल टिम बिहीबार स्वदेश आइपुगेकाे छ । भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा जारी साफ यु २० च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्किएको हो ।

प्रतियोगितामा चार खेल खेलेको नेपालले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । नेपाल फाइनल भने पुग्न असफल भयो । 


नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्ष द्वय दीपक खतिवडा र विराटजंग शाही, सदस्य द्वय महेन्द्र श्रेष्ठ र पेमा डोल्मा लामा लगायतले स्वागत गरे । 

नेपालले माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० को नतिजामा हराउँदा आयोजक भारतलाई ८-० को नतिजा सुम्पिएको थियो । बंगलादेशसँग १-१ को बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।

राउन्ड रोबिन पद्धतिमा सम्पन्न प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलमा स्थान बनाउने हुँदा नेपाल तेस्रो स्थानमा मात्रै सीमित भयो ।

अपराजित रहँदै शीर्ष स्थानमा रहेको बंगलादेश र भारतले उपाधिका लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।


Author

थप समाचार
x