उद्घाटन खेलमा कतार र इक्वेडर प्रतिस्पर्धा गर्ने
निर्धारित समयभन्दा एक दिनअघि सर्यो फिफा विश्वकप २०२२
काठमाडौं - कतारमा हुने फिफा विश्वकप २०२२ एक दिन अघि सरेको छ । अब फिफा विश्वकप फुटबल एक दिन अघि नै अर्थात् नोभेम्बर २० मै सुरु हुने भएको छ । यसअघि नोभेम्बर २१ हुने सुरु हुने तय भएको थियो ।
नेपाली पात्रोनुसार नोभेम्बर २० मंसिर ४ गते पर्छ । जुन दिन नेपालमा सरकारले संघीय निर्वाचन घोषणा गरेको छ । जसअनुसार नेपालमा संघीय निर्वाचन हुने दिन नै विश्वकप फुटबल सुरु हुने भएको हो ।
बिहीबार जारी गरिएको फिफाको विज्ञप्तिमा 'विस्तृत परामर्श प्रक्रिया र मुख्य सरोकारवालाहरू र आयोजक देशसँगको सम्झौता पछि यो निर्णय गरिएको' उल्लेख छ ।
विश्व कपको उद्घाटन समारोहलाई पनि एक दिन अगाडि सारिएको छ । प्रतियोगिताको पहिलो खेल खेल्न दिनको लागि तालिकामा परिवर्तन गरिएको छ ।
एक दिन खेल सरेसँगै उद्घाटन खेलमा आयाेजक कतार र इक्वेडर प्रतिस्पर्धा गर्ने भएका छन् ।
Bureau of the FIFA Council confirms #WorldCup 2⃣0⃣2⃣2⃣ opening ceremony and match 🇶🇦 v. 🇪🇨 brought forward one day as stand-alone event to 20 November, at 19.00. 🇸🇳 v. 🇳🇱 rescheduled from 13.00 to 19.00 on 21 November. pic.twitter.com/GsktwYNYCl
— FIFA Media (@fifamedia) August 11, 2022
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया