साफ महिला च्याम्पियनसीपः विभिन्न आठ समिति गठन
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को साफ महिला च्याम्पियनसीप मुल आयोजक समितिले थप आठवटा समितिहरु गठन गरेको छ । एन्फाले सेप्टेम्बर ६ देखि १९ तारिखसम्म दशरथ रंगशालामा च्याम्पियनसीप आयोजना गर्दैछ ।
एन्फाको वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्काको नेतृत्वमा रहेको मुल आयोजक समितिको मंगलबार बसेको बैठकले उक्त आठवटा समितिहरु गठन गरेको एन्फाले जनाएको छ । बैठकले ती समितिका संयोजक समेत तोकेको छ ।
स्वागत तथा आतिथ्य समितिको संयोजकमा मनिष जोशी, स्वास्थ्य समितिमा रमेश व्यन्जनकार, आवास तथा यातायात समितिमा पुरुषोत्तम थापा, टेक्निकल समितिमा कृष्ण थापा, रेफ्री संयोजक समितिमा बुद्धि गुरुङ, मुल समारोह समितिमा विकाश नारायण श्रेष्ठ, प्रचारप्रसार समितिमा सुरेश शाह तथा नेपाली राष्ट्रिय टिम व्यवस्थापन समितिमा सरिला श्रेष्ठ रहेका छन् ।
एन्फाले यस अघि नै रविन्द्र चन्दलाई खेलस्थल व्यवस्थापक, विजय घलेलाई स्थानीय व्यवस्थापक, दिनेश व्यन्जनकारलाई सुरक्षा प्रमुख तथा सन्जिब सिल्पकारलाई मार्केटिङ, प्रशारण तथा डिजिटल अधिकार समितिको संयोजक तोकिसकेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया