मैले पाएको अवसरलाई राम्रो नतिजाका साथ पूरा गर्छु : हुमागाई
फाइल तस्बिर
काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले आफूले पाएको अवसरलाई राम्रो नतिजाका साथ पूरा गर्ने बताएका छन् ।
बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा हुमागाईले आफूलाई क्षमता देखेर नै जिम्मेवारी दिएको कारण आफूले त्यसलाई सदुपयोग गर्ने बताए । हुमागाईले आफ्नो पहिलो प्राथमिकता नेपाली फुटबल नै भएको जिकिर गरे ।
१० वर्षदेखि अमेरिकामै प्रशिक्षण दिँदै आएको जानकारी दिँदै जन्मभूमिको सेवाका लागि फर्किएको उनको भनाइ छ । त्यस्तै हुमागाईले आफू नेपाली फुटबलको अहिलेको समस्याका बारेमा बोल्न नचाहेको तर जानकारी पर्याप्त रुपमा राखेको जिकिर गरे । बंगलादेशसँगको खेलका लागि ४० खेलाडी छनोट गर्दा देश बाहिर रहेका खेलाडीसँग आफूले कुरा गरेको उनले जानकारी दिए ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको अनुपस्थितिमा एन्फाले हुमागाईलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । नेपाली टोलीले आगामी असोजमा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ । जसका लागि हुमागाईलाई एन्फाले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले मुख्य प्रशिक्षक अलमुताईरी स्वास्थ्यको कारण उपस्थित नहुने भएकाले हुमागाईलाई नियुक्त गरिएको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया