मनिषा बनिन् युईएफए च्याम्पियन्स लिग खेल्ने पहिलो भारतीय खेलाडी
काठमाडौँ- भारतीय फुटबलर मनिषा कल्यान युईएफए च्याम्पियन्स लिग खेल्ने पहिलो महिला खेलाडी बनेकी छन् । अलजजिराका अनुसार साइप्रसको अपोलो लेडिजका लागि बिहीबार पहिलो चरणको छनोट खेलेपछि कल्यान च्याम्पियन्स लिग खेल्ने पहिलो भारतीय खेलाडी बनेकी हुन् ।
रिगास एफएसविरुद्धको खेलमा २० वर्षीया कल्यानले ६० औँ मिनेटमा मैदान प्रवेश गर्दै अपोलो लेडिजका लागि डेब्यु गरेकी हुन् ।
सन् २०२१ को नोभेम्बरमा फोर नेसन्स प्रतियोगितामा ब्राजिलविरुद्ध गोल गरेपछि कल्यान चर्चामा आएकी थिइन् । कल्यानले सन् २०१९ मा १७ वर्षको उमेरमा हङकङविरुद्ध भारतको सिनियर टिमका लागि डेब्यु गरेकी थिइन् ।
उनले सन् २०१९ मा भएको एएफसी यू-१९ महिला च्याम्पियनसीप छनोटमा भारतले पाकिस्तानलाई १८-० ले पराजित गर्दा ह्याट्रिक पुरा गरेकी थिइन् ।
अल इन्डिया फुटबल फेडेरेसनले कल्यानलाई सन् २०२०-२१ मा इमर्जिङ प्लेयर अफ द इयर तथा सन् २०२१-२२ को सिजनका लागि वर्ष खेलाडी घोषणा गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया