फुटबल

ब्राजिलियन फरवार्डलाई चीनमा ६ महिना प्रतिबन्ध

इकागज |
भदौ ६, २०७९ सोमबार १०:५१ बजे

काठमाडौँ- चिनियाँ फुटबल क्लब हेनान सोङसान लङमेनका ब्राजिलियन फरवार्ड हेनरिक डोराडोले ६ महिनाको प्रतिबन्ध खेप्ने भएका छन् । चाइनिज सुपर लिगको खेलका क्रममा आइतबार रेफ्रीलाई हातपात गरेको आरोपमा डोराडोमाथि ६ महिना बढीको प्रतिबन्ध लाग्न सक्ने आईएएनएसले जनाएको छ । 

वुहान याङग्जे रिभविरुद्धको खेलका क्रममा १५ मिनेटभित्रै हेनान २-० ले पछि परेको थियो । सोही क्रममा १५ औँ मिनेटमा डोराडोले रेफ्री मा निङलाई हातपात गरेका थिए । त्यसपछि डोराडोलाई रातो कार्ड देखाइएको थियो । 


चाइनिज फुटबल एसोसियसनको नियम अनुसार रेफ्रीमाथि हातपात गरे खेलाडीमाथि कम्तिमा ६ महिनाको प्रतिबन्ध लगाइन्छ । दुई टिमको खेल भने २-२ को बराबरीमा टुंगिएको थियो । 


Author

थप समाचार
x