युनाइटेड भर्सेस लिभरपुलः कसले हात पार्ला पहिलो जित ?
काठमाडौँ- यस सिजनको इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति दुई चिर प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्दैछन् । तर, वर्ल्ड ट्राफोर्डमा युनाइटेड र लिभरपुल खेल हुँदा दुबै टिम पहिलो जितको खोजीमा हुनेछन् ।
दुबै टिमले अघिल्ला दुई खेलमा निराशाजनक नतिजा निकालेका छन् । लिभरपुलले पहिलो खेलमा फुलह्यामसँग २-२ गोलको बराबरी तथा दोस्रो खेलमा क्रिस्टल प्यालेससँग १-१ को बराबरी खेल्दै दुई अंक जोडेका छ ।
यता युनाइटेडले भने पहिलो खेलमा ब्राइटनसँग २-१ तथा ब्रेन्टफोर्डसँग ४-० को पराजय भोगेपछि अंकविहीन छ । तर, खराब नतिजाका बाबजुद पनि युनाइटेड र लिभरपुलबीचको खेल निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
बीबीसीका अनुसार युनाइटेडले सन् १९७२ को लिगको सुरुवाती ५ खेलमा लगातार भोगेको पराजयको इतिहासलाई दोहर्याउन चाहदैन । तर लिभरपुल भने पछिल्ला ८ खेलमा युनाइटेडसँग पराजित भएको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया