फुटबल

कतारले अक्टोबर ५ देखि स्ट्रिट चाइल्ड विश्वकप आयोजना गर्ने

इकागज |
भदौ ६, २०७९ सोमबार १५:५२ बजे

काठमाडौँ- कतारले नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म फिफा विश्वकप आयोजना गर्दैछ । तर फिफा विश्वकप अघि कतारले दोहामा फुटबलको स्ट्रिट चाइल्ड विश्वकप अर्थात सडक बालबालिकाका लागि विश्वकप आयोजना गर्दैछ ।

अलजजिराका अनुसार कतार विश्वकप आयोजना हुने ८ मैदानमध्येको एक एजुकेसन सिटी स्टेडियममा अक्टोबर ५ देखि ११ दिनसम्म स्ट्रिट चाइल्ड विश्वकप आयोजना हुनेछ ।


स्ट्रिट चाइल्ड विश्वकपमा २४ देशका २७ टिमको सहभागिता रहनेछ । यस वर्षको प्रतियोगिता भने चौथो संस्करण हो । यसअघि सन् २०१० मा दक्षिण अफ्रिका, २०१४ मा ब्राजिल र २०१८ मा रुसमा स्ट्रिट चाइल्ड विश्वकप आयोजना भएको थियो ।

सन् २०१० मा भने केवल १० टिमको सहभागिता रहेको स्ट्रिट चाइल्ड विश्वकप आयोजना गर्ने स्ट्रिट चाइल्ड युनाइटेडका सिइओ जोन वरोले बताए । फिफा विश्वकप अघि स्ट्रिट चाइल्ड विश्वकप आयोजना गर्ने गरिएको छ । 

जोनका अनुसार स्ट्रिट चाइल्ड विश्वकप आयोजनाका उद्देश्य भनेको सडक बालबालिकाको जीवनमा परिवर्तन ल्याउनु हो ।


Author

थप समाचार
x