के फिफाले भारतीय फुटबलमाथिको प्रतिबन्ध फुकुवा गर्ला ?
काठमाडौँ- भारतको सर्वोच्च अदालतले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) संचालनका लागि बनाएको तीन सदस्यीय समितिलाई खारेज गरेको छ । सर्वोच्च अदातलको पूर्व न्यायाधीश ए आर डाभेको नेतृत्वमा सो समिति बनाएको थियो ।
एआईएफएफमाथि फिफाले लगाएको प्रतिबन्ध फुकुवा तथा फिफा यू-१७ महिला विश्वकप भारतले आयोजना गर्न पाउन भन्ने उद्देश्यले सर्वोच्च अदालतले उक्त समिति खारेज गर्न निर्देशन दिएको पीटीआईलाई उदृत गर्दै द हिन्दुले जनाएको छ ।
त्यसका साथै अदालतले अगस्ट २८ मा हुने भनिएको एआईएफएफको चुनावलाई एक साताका लागि स्थगित गर्नुका साथै उम्मेदवारी प्रकृया जारी राख्न अनुमति दिएको छ । खेलकुद मन्त्रालयले निवेदन दर्ता गराएपछि अदालतको यस्तो निर्णय आएको हो ।
भारत सरकारले फिफाले राखेको माग सबै स्वीकार गरेको समेत समाचारमा जनाइएको छ ।
यससँगै फिफाले एआईएफएफमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने अपेक्षा गरिएको छ । फिफाले अगस्ट १६ एआईएफएफमाथि प्रतिबन्ध लगाएको थियो ।
फिफाको प्रतिबन्धका कारण भारतले नेपालमा सेप्टेम्बर ६ देखि १९ तारिखसम्म आयोजना हुने साफ महिला च्याम्पियनसिप तथा श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपमा समेत गुमाउने भएको छ । साफले भने तालिकामा हेरफेर गर्नुअघि अगस्ट २३ अर्थात मंगलबारसम्म कुर्ने जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया