फुटबल

साफ महिला फुटबलः तयारीका लागि भुटान बिहीबार नेपाल आउँदै

इकागज |
भदौ ८, २०७९ बुधबार १४:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेप्टेम्बर ६ देखि १९ तारिखसम्म हुने साफ महिला च्याम्पियनसीपको तयारीका लागि भुटानको टिम बिहीबार नै नेपाल आइपुग्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाए अनुसार भुटानको महिला फुटबल टिम बिहीबार बिहान ९ बजे काठमाडौँ आइपुग्नेछ । ​च्याम्पियनसीप अन्तर्गत भुटान समूह ‘बी’ मा रहेको छ । र यस समूहमा आयोजक नेपाल र श्रीलंका पनि रहेका छन् ।


च्याम्पियनसीपको उदघाटन खेलमै भुटानले सेप्टेम्बर ६ मा घरेलु टोली नेपालको सामना गर्ने तालिका रहेको छ ।

समूह ‘ए’ मा भने अघिल्ला पाँचवटै संस्करणका विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।

तर फिफाले भारतमाथि प्रतिबन्ध लगाएका कारण भारतले च्याम्पियनसीपमा सहभागिता जनाउन पाउनेछैन । जसका कारण खेलतालिकामा साफले परिवर्तन गर्ने योजना बनाएको छ ।


Author

थप समाचार
x