भारतलाई साफ महिला च्याम्पियनसीपमा सहभागी हुने बाटो खुल्यो
काठमाडौँ- फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथिको प्रतिबन्ध फुकुवा गरेसँगै भारतका लागि नेपालमा हुने साफ महिला च्याम्पियनसीपमा सहभागिता जनाउने बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सेप्टेम्बर ६ देखि १९ तारिखसम्म काठमाडौँमा साफ महिला च्याम्पियनसीपको छैटौं संस्करणको आयोजना गर्दैछ ।
फिफाले अगस्ट १४ मा एआईएफएफमाथि प्रतिबन्धको घोषणा गरेपछि लगातार पाँच पटकको च्याम्पियन भारतले साफ च्याम्पिनयसीपमा सहभागिता नजाउने निश्चित जस्तै बनेको थियो । तर प्रतिबन्ध हटेसँगै भारतले च्याम्पियनसीपमा सहभागिता जनाउने बाटो खुलेको हो ।
भारतले अब श्रीलंकामा सेप्टेम्बर ५ देखि ११ सम्म आयोजना हुने साफ यू-१७ पुरुष च्याम्पियनसीपमा सहभागिता जनाउन पाउने भएको छ ।
यसका साथै भारतले अक्टोबर ११ देखि ३० सम्म फिफा यू-१७ महिला विश्वकप समेत आयोजना गर्न पाउने भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया