फुटबल

एएफसीद्वारा एन्फालाई ९ लाख रुपैयाँ जरिवाना

इकागज |
भदौ १३, २०७९ सोमबार १६:२७ बजे

काठमाडौँ- एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर अर्थात ९ लाख १ हजारभन्दा बढी नेपाली रुपैयाँ जरिवाना गरेको छ ।

गत जून महिनामा कुवेतमा भएको एएफसी एसियन कप छनोटका क्रममा प्रतियोगिताको आचारसंहिता उल्लंघन गरेको जनाउँदै एएफसीले एन्फालाई ९ लाख १ हजार ६ सय नेपाली रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको एएफसीले जनाएको छ ।


एसियन कप छनोट अन्तर्गत जून १४ तारिखमा भएको इन्डोनेसियाविरुद्धको खेलका क्रममा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेल अघि ड्रेसिङ रुममा प्रवेश गरेको र खेलपछि एक्रिडिटेशन कार्ड लिएर मैदान प्रवेश गरेको भन्दै ६ हजार डलर जरिवाना गरिएको हाे ।

कुवेत र जोर्डनविरुद्धको खेलका क्रममा पहेँलो कार्ड पाएका कारण इन्डोनेसियाविरुद्धको खेलमा अलमुताइरी निलम्बनमा परेका थिए ।

यता इन्डोनेसियाविरुद्धको खेलको पहिलो हाफ सुरू हुन ढिलाई गरेको भन्दै एन्फालाई थप १ हजार डलर जरिवाना गरिएको एएफसीले उल्लेख गरेको छ ।

एन्फाले जरिवानाको २५ प्रतिशत ९० दिनभित्र तिर्नुपर्ने र बाँकी रकम दुई वर्षभित्र तिर्नु पर्नेछ ।

एएफसीले यस्तो कार्य पुनः दोहोर्‍याए थप कडा सजाय दिइने एन्फालाई सचेत समेत गराएको छ ।

 


Author

थप समाचार
x