केन टोटेनहममा खुसी छन्: मुख्य प्रशिक्षक कोन्टे
काठमाडौँ- टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले स्ट्राइकर ह्यारी केन क्लबमा खुसी रहेको तथा उनीसँगको सम्झौता नवीकरणका लागि क्लबले सकारात्मक प्रयास गरिरहेको बताएका छन् ।
टोटेनहम र २९ वर्षीय केनबीचको सम्झौताको अवधि दुई वर्षको मात्र बाँकी रहँदा प्रशिक्षक कोन्टेको योजना भनेको केनको बसाइ लम्ब्याउनु रहेको स्काइस्पोर्टसले जनाएको छ ।
नयाँ सिजनको इंग्लिस प्रिमियर लिगको चार खेलमा चार गोल गरिसकेका इंग्लिस फुटबलर केनको बसाइ लम्ब्याउन क्बलले उनको चाहना पुरा गर्न प्रयास गरिरहेको कोन्टोको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया