फुटबल

नेपालका दुई रेफ्रीले साफ यू-१७ खेलाउने

इकागज |
भदौ १४, २०७९ मंगलबार १३:४६ बजे

काठमाडौँ- नेपालका फिफा रेफ्री कबिन व्यन्जनकार तथा फिफा सहायक रेफ्री युनाल मल्लले श्रीलंकामा हुने साफ यू-१७ पुरुष फुटबल च्याम्पियनसीपका खेलहरु खेलाउने भएका छन् ।

श्रीलंकाले सेप्टेम्बर ५ देखि १४ तारिखसम्म च्याम्पियनसीप आयोजना गर्दैछ । कबिन र युनालले च्याम्पियनसीप खेलाउने साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सुनिश्चित गरेको अखिल नेपाल फुटबल संघले जनाएको छ ।


च्याम्पियनसीपमा ६ टिमको सहभागिता हुनेछ । समूह ‘ए’ मा आयोजक श्रीलंका, बंगलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा नेपाल, भारत र भुटान रहेका छन् ।

नेपालले पहिलो खेल भुटानविरुद्ध सेप्टेम्बर ७ तथा दोस्रो खेल भारतविरुद्ध सेप्टेम्बर ९ मा खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x