साफ महिला च्याम्पियनसीपः पाकिस्तानमाथि भारतको जित
काठमाडौँ- छैटौँ संस्करणको साफ महिला च्याम्पियनसीपमा साविक विजेता भारतले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार समूह ‘ए’ अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
भारतको जितमा पाकिस्तानकी कप्तान मारिया खानले आत्मघाती गोल गर्दा ग्रेस डाङ्गमेइ र सौम्या गुगुलोथले एक-एक गोल गरे ।
खेलको २१ औँ मिनेटमा मारियाले आत्मघाती गोल गरेपछि भारतले अग्रता बनाएको थियो । त्यसपछि २३ औँ मिनेटमा ग्रेस डाङ्गमेइले भारतलाई २-० अग्रता दिलाइन् । इन्जुरी टाइममा सौम्याले गोल गरेपछि भारतले खेल आफ्नो पक्षमा पार्यो ।
यस जितसँगै अघिल्ला पाँच पटककै उपाधि विजेता भारत च्याम्पियनसीपमा लगातार २४ खेलमा अपराजित रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया