फुटबल

साफ यू-१७: भारतमाथि नेपालको शानदार जित

इकागज |
भदौ २४, २०७९ शुक्रबार १७:४१ बजे

काठमाडौँ- श्रीलंकामा जारी साफ यू-१७ फुटबल च्याम्पियनसीपमा नेपालले भारतमाथि शानदार जित हात पारेको छ ।

समूह ‘बी’ अन्तर्गत एक गोलको अग्रतालाई उल्टाउँदै नेपालले भारतलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै नेपाल समूह ‘बी’ विजेता समेत बनेको छ । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई २-१ ले पराजित गरेको थियो ।


नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवाश बमले एक-एक गोल गरे । भारतका लागि एकमात्र गोल डेनी मेइतेइले गरे ।

डेनीले खेलका २५ औँ मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । तर ४५ औँ मिनेटमा सरोजले नेपालका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

खेलको ४९ औँ मिनेटमा उनेशले गोल गरेपछि २-१ ले अघि बढेको नेपालका लागि सुवाशले ६७ औँ मिनेटमा तेस्रो गोल गरे ।


Author

थप समाचार
x