एएफसी यू-२०: नेपालले भुटानविरुद्ध खेल्दै
काठमाडौँ- एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्ने भएको छ । नेपाल र भुटानबीचको खेल बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
छनोट अन्तर्गत नेपाल समूह 'बी' मा रहेको छ । यसै समूहमा भुटानसँगै आयोजक बहराइन, कतार र बंगलादेश रहेका छन् । नेपालले आज भुटानलाई पराजित गर्दै छनोटमा सुखद सुरुवात गर्न चाहन्छ ।
खेल अघि नेपाली यू-२० राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले छनोटका लागि नेपाली टिमको तयारी राम्रो रहेको दावी गरे । उनले नेपाली टिम एसियन कपमा छनोट हुने सम्भावना रहेको समेत बताए ।
छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा सोमबार कतारसँग, तेस्रो खेल बिहीबार बहराइन तथा अन्तिम खेलमा बंगलादेशविरुद्ध सेप्टेम्बर १८ मा खेल्ने तालिका रहेको छ ।
छनोटमा ४४ टिमलाई विभिन्न १० टिममा विभाजन गरिएको छ । १० वटै समूहका विजेता टोली तथा उत्कृष्ट हुने पाँच टिम सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपका लागि छनोट हुनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया