फुटबल

नेयमारको गोलमा पीएसजीको जित

इकागज |
भदौ २६, २०७९ आइतबार ८:५५ बजे

काठमाडौँ- फ्रेन्च लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्रेस्टमाथि जित हात पारेको छ । शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई १-० को झिनो अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा ब्राजिलियन फरवार्ड नेयमारले ३० औँ मिनेटमा गरेको गोल नै पर्याप्त रह्यो । यससँगै नेयमार पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा चौथोँ नम्बरमा उक्लिएको छ ।


३० वर्षीय नेयमारले १ सय १० गोल गरिसकेका छन् ।


Author

थप समाचार
x