सावित्राले श्रीलंकाविरुद्धको खेल गुमाउने
काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले साफ च्याम्पियनसीप अन्तर्गतको श्रीलंकाविरुद्धको खेल गुमाउने भएकी छन् ।
डेंगुकाे संक्रमण देखिएपछि सावित्राले सोमबार दशरथ रंगशालामा समूह ‘बी’ अन्तर्गत श्रीलंकाविरुद्ध हुने खेल गुमाउने भएकी हुन् । डेंगु लागेपनि सावित्राको स्वास्थ्य अवस्था भने सामान्य छ । यता गोलरक्षक प्रशिक्षक सुरज मोक्तानलाई पनि डेंगु लागेको छ ।
सावित्राले भुटानविरुद्ध भएको पहिलो खेलमा नेपालका लागि २ गोल गरेकी थिइन् । उक्त खेल नेपाल ४-० ले जितेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया