पूर्वक्लबविरुद्ध हाल्यान्डको गोलले सिटीको जित
काठमाडौँ- पूर्वक्लबविरुद्ध एर्लिन हाल्यान्डले गोल गरेपछि म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ ।
जर्मन प्रतिद्वन्द्वी डर्टमन्डविरुद्ध हाल्यान्डसँगै जोन स्टोनेसले एक गोल गरेपछि सिटी २-१ ले विजयी भएको हो । यसअघि डर्टमन्टका जड बेलिङघम गोल गर्दै अग्रता बनाएका थिए ।
लगातार दोस्रो जितसँगै सिटी समूह ‘जी’को शीर्ष स्थानमा छ । दुई खेलबाट डर्टमन्डको तीन अंक छ । अर्को खेलमा सेभिया र कोभेन्हाम्ले गोलरहित बराबरी खेले ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया