फुटबल

साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशलाई

इकागज |
असोज ३, २०७९ सोमबार १८:५२ बजे

काठमाडौँ-  बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो । बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । शामसुनाहरले एक गोल थपिन् । नेपालकी अनिता बस्नेतले एक गोल फर्काइन् । यससँगै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ ।


बंगलादेशले पहिलोपटक नेपाललाई हराएको हो । नेपाल भने फेरि फाइनलमा चुकेको छ । नेपाल पाँचौं पटक महिला साफको फाइनलमा पराजित भएको हो ।


Author

थप समाचार
x