लक्ष्य पूरा हुन नसकेपछि प्रशिक्षक थापाद्वारा राजीनामा घाेषणा
काठमाडौँ- नेपाल महिला राष्ट्रिय फुटबल टिमका प्रशिक्षक कुमार थापाले राजीनामा घाेषणा गरेका छन् । आज भएको साफ महिला च्याम्पियनसिपमा नेपाल उपाधि हात पार्न नसकेपछि थापाले राजीनामा घाेषणा गरेका हुन् ।
साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भएपछि उनले आजै (सोमबार)देखि लागू हुने जिम्मेवारी छाडेको घोषणा गरे ।
रंगशालामा पत्रकारसँग थापाले भने, ‘अरुलाई पनि मौका दिनुपर्छ, टिममा बसिरहनु राम्रो होइन, म बस्दा पनि बस्दिनँ । अफिसियल घोषणा पनि गर्ने छु, यसैलाई अफिसियल घोषणा माने पनि हुन्छ ।’
यसअघि सन् २०१६ मा पनि महिला टिमको प्रशिक्षक रहेका थापालाई साफ च्याम्पियनसीपकै लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया