फुटबल

साफ च्याम्पियनसीप विजेता टिमलाई बंगलादेश क्रिकेट बोर्डले ५० लाख दिने

इकागज |
असोज ५, २०७९ बुधबार १३:० बजे

काठमाडौँ- काठमाडौँमा सम्पन्न छैटौँ संस्करणको साफ महिला च्याम्पियनसीप विजेता बंगलादेशको टिमलाई बंगलादेशको क्रिकेट बोर्डले ५० लाख टका अर्थात् ६१ लाख ५६ हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपाललाई ३-१ ले पराजित गर्दै उपाधि जितेको थियो । बंगलादेशले पहिलो पटक साफ महिला च्याम्पियनसीपको उपाधि हात पारेको हो ।


बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले महिला फुटबल टिमको सफलताको प्रशंसा गर्दै टिमले ऐतिहासिक सफलताले बंगलादेशलाई नै खुसी तुल्याएको बताए ।


Author

थप समाचार
x