‘सोचेभन्दा दुई वर्ष अगाडि नै बंगलादेशले साफ जित्यो’
काठमाडौँ- बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ)का अध्यक्ष काजी सलाहुदिनले आफूले सोचेभन्दा दुई वर्ष अगाडि नै बंगलादेशले साफ महिला च्याम्पियनसीपको उपाधि जितेका बताएका छन् ।
गत सोमबार काठमाडौँमा सम्पन्न साफ महिला च्याम्पियनसीपको फाइनलमा नेपाललाई ३-१ गोलअन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो ।
तर ढाका ट्रिब्यूनले उल्लेख गरेअनुसार बीएफएफका अध्यक्ष काजीले सन् २०२४ मा मात्र बंगलादेशले उपाधि जित्ने अपेक्षा गरेका थिए । तर, उनले उपाधि जितेकोमा टिमलाई प्रशंसा गरे ।
साफका समेत अध्यक्ष रहेका काजी भने उपाधि वितरण समराेहमा भने समावेश भएनन् । उनका अनुसार आफ्ना खेलाडीहरूमाथि दबाब पर्न सक्ने भन्दै आफू नेपाल नआएको बताए । काजीले आफू धनी भएको भए विमान लिएर ट्रफी वितरण गर्न नेपाल आउने सक्ने अवस्था रहेको दाबी गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया