फुटबल

विद्रोही खेलाडीलाई समेट्दै नेपाली फुटबल टिमको घोषणा

इकागज |
असोज ६, २०७९ बिहीबार १५:४८ बजे

काठमाडौँ- बंगलादेशविरुद्ध असोज ११ गते दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । 

नेपाली टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार नेपाली टोलीको घोषणा गरेका छन् । तत्कालीन मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै बन्द प्रशिक्षण छाडेकामध्ये ९ खेलाडी टिममा परेका छन् । 


त्यसैगरी, रितिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टिममा अटाएका छन् ।

बन्द प्रशिक्षण छाडेर अलमुताइरीविरुद्ध विद्रोह गरेका रोहित चन्दसँगै विशाल श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, तेज तामाङ, विशाल राई र विमल घर्तीमगर टिममा अटाएका छन् । सुमन लामा मात्र टिममा छैनन् ।

नेपाली टिम

गोलरक्षकः किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथु, दिप कार्की

डिफेण्डर: रोहित चन्द, अनन्त तामाङ, रेजिन धिमाल, सुमन अर्याल, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी

मिडफिल्डर: विशाल राई, सुजल श्रेष्ठ, सुदिप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, सुरजज्यु ठकुरी, एरिक विष्ट

फरवार्ड: विमल घर्ती मगर, अन्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी
 


Author

थप समाचार
x