नेपाली यू-१७ फुटबल टिम २४ घण्टाको ‘ट्रान्जिट’मा
काठमाडौँ- भियतनाममा एएफसी यू-१७ एसियन कप छनोट खेलेर फर्किन लागेको नेपाली यू-१७ राष्ट्रिय पुरुष फुटबल टिम २४ घण्टे ‘ट्रान्जिट’मा परेको छ ।
अखिल नेपाल फुटबल टिम (एन्फा) ले व्यवस्थापन गरेको टिकट अनुसार नेपाली टिम मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा २४ घण्टाको ट्रान्जिटमा परेको हो ।
नेपाली टिम एसियन कप छनोट खेलेर भियतनामबाट सोमबार मलेसिया पुगेको हो । तर मलेसियाबाट नेपाल फर्किन २४ घण्टा ट्रान्जिटमा बस्नुपर्ने भएपछि नेपाली टिमका सदस्यहरु निराश बनेका छन् ।
छनोट अन्तर्गत नेपाली टिमले खेलेका तीनवटै खेलमा पराजय भोगेको थियो । पहिलो खेलमा थाइल्यान्डसँग ३-०, दोस्रो खेलमा भियतनामसँग ५-० तथा तेस्रो खेलमा चाइनिज ताइपेइसँग ४-२ ले पराजित भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया