बार्सिलोना समूह चरणबाटै बाहिरिने खतरा
काठमाडौँ- स्पेनिस क्लब बार्सिलोना लगातार दोस्रो पटक च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिने सम्भावना बढेको छ । समूह ‘सी’ अन्तर्गत इटालियन क्लब इन्टर मिलानसँग ३-३ को बराबरी खेलेपछि बार्सिलोना समूह चरणबाट बाहिरिने संघारमा पुगेको हो ।
बार्सिलोनाले ४ खेलमध्ये केवल एक खेलमा जित हात पार्दा एक खेल बराबरी खेलेको छ । दुई खेलमा पराजय भोगेको बार्सिलोनाले जम्मा ४ अंक जोडेको छ ।
यता शीर्षस्थानको बायर्न म्युनिखले ४ वटै खेलमा जित हात पार्दै १२ अंक जोडेको छ भने इन्टर मिलानले ४ मध्ये दुई खेलमा जित र एक खेलमा बराबरीसँगै ७ अंक जोडेको छ । यता भिक्टोरिया प्लजेनले भने चारवटै खेलमा पराजय भोगेको छ ।
बार्सिलोनाले अब बायर्न म्युनिख र प्लजेनविरुद्ध खेल्नुपर्नेछ । यता इन्टर मिलानले पनि ती दुबै टिमविरुद्ध खेल्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया