अध्ययनका लागि भन्दै युगल गए अमेरिका
काठमाडौँ- ‘ए’ लाईसेन्स प्राप्त प्रशिक्षक युगल किशोर राई संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।
उच्च शिक्षा हासिल गर्न युगल अमेरिका पुगेको एन्फा पूर्वसदस्य मधुसुदन उपाध्यायले बताए । ‘अध्ययन र व्यक्तिगत प्रयोजनका लागि अमेरिका प्रस्थान गरेका हुन्,’ राष्ट्रिय टोलीका पूर्व व्यवस्थापकसमेत रहेका उपाध्यायले भने । राई मंगलबार विहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
राईले गत वर्ष एएफसी कोचिङ ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए । गत असोज ११ गते नेपालले बंगलादेशले मैत्रीपूर्ण खेल खेल्दा राई सहायक प्रशिक्षक थिए । एन्फा स्रोतका अनुसार राई सम्भवतः अमेरिकामै रहनेछन् ।
घरेलु फुटबलमा भने राईले ए डिभिजन क्लब हिमालयन शेर्पा, बी डिभिजन क्लब बासबारी क्लब र फ्रेन्चाइज धनगढी एफसीमा मुख्य प्रशिक्षकसँग आवद्ध थिए । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा राई धनगढी एफसीसँग आवद्ध भएका थिए ।
खेलाडीको रुपमा राईले न्युरोड टिम एनआरटी, रानिपोखरी कर्नर टिम आरसिटी, मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिसबाट खेलेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया